नेप्से प्राविधिक आउटलुक — Tasathi
Master the Technical Analysis — Pre-Book Now  ·  Pre-launch offer — 15% off before official release. Limited copies available. Pre-Book Now
प्राविधिक विश्लेषण

नेप्से प्राविधिक
आउटलुक

दायराभित्रको बजार, घट्दो उतारचढाव र सम्भावित ठूलो चाल — विस्तृत प्राविधिक विश्लेषण

२,७६०
हालको स्तर
२,४४२
दीर्घकालीन सपोर्ट
३,०४८
प्रमुख रेजिस्टेन्स
२२ म.
दायरा अवधि
जेठ २४, २०८२
दायरा: २,४४२ – ३,०४८
भोलाटीलिटी: घट्दो
अवस्था: Range-Bound
NEPSE Current Structure Live Analysis
२,७६० साँघुरो दायरा: २,७१७ – २,८०२
२,४४२ २,७१७ ~२,७६० २,८०२ ३,०४८
२०-दिन SMA: फ्ल्याट ५०-दिन SMA: फ्ल्याट २००-दिन SMA: फ्ल्याट कुनै स्पष्ट ट्रेन्ड छैन
३,०४८
दीर्घकालीन प्रतिरोध
Resistance
२,८०२
मध्यम प्रतिरोध
Resistance
~२,७६०
हालको स्तर
Current
२,७१७
मध्यम समर्थन
Support
२,४४२
दीर्घकालीन समर्थन
Support
०१

फराकिलो बजार संरचना

नेप्से हाल स्पष्ट दिशा नभएको, दायरा–आधारित बजार अवस्थामा रहेको देखिन्छ। लामो समयदेखि बजार २,४४२ देखि ३,०४८ बिन्दुको फराकिलो दायराभित्र कारोबार गरिरहेको छ। करिब २२ महिनादेखि कायम रहेको यो दायराले बजार अझै बलियो बुलिश वा बेयरिश प्रवृत्तिमा प्रवेश नगरेको संकेत गर्दछ।

जब बजार लामो समयसम्म निश्चित दायराभित्र सीमित रहन्छ, त्यसले माग र आपूर्तिबीच सन्तुलन रहेको देखाउँछ। यस्तो अवस्थामा बजार ठूलो चालको तयारीमा हुन सक्छ, तर त्यो चाल कुन दिशामा जान्छ भन्ने पुष्टि भने ब्रेकआऊट पछि मात्र हुन्छ।

बुलिश ब्रेकआऊट सर्त: बजार ३,०४८ माथि टिक्न सकेमा मात्र दीर्घकालीन बुलिश ब्रेकआऊटको संकेत बलियो हुनेछ। २,४४२ तल कमजोरी आएमा बजारको दीर्घकालीन संरचना कमजोर मान्न सकिन्छ।
मूल्य संरचना
दीर्घकालीन प्रतिरोध३,०४८ Res
मध्यम प्रतिरोध२,८०२ Res
हालको स्थिति~२,७६०
मध्यम समर्थन२,७१७ Sup
दीर्घकालीन समर्थन२,४४२ Sup
दायरा अवधि~२२ महिना
NEPSE — दीर्घकालीन चार्ट
Long-Term Trend
NEPSE Long-Term Trend Chart — जेठ २४, २०८२
०२

मध्यम अवधिको अवस्था

पछिल्ला करिब चार हप्तादेखि नेप्से २,७१७ देखि २,८०२ बिन्दुको साँघुरो दायराभित्र कारोबार गरिरहेको छ। यो अवस्था बजारमा उतारचढाव घट्दै गएको संकेत हो। यसलाई भोलाटिलिटी कन्ट्र्याक्सन भनिन्छ। उतारचढाव घट्दै जानु प्रायः ठूलो चाल आउनुअघिको तयारीको संकेत हुन सक्छ — तर यसले दिशा बताउँदैन।

माथितर्फको सर्त
२,८०२ माथि टिक्नु
माथितर्फको चाल बलियो हुनेछ
तलतर्फको जोखिम
२,७१७ तल झर्नु
छोटो अवधिको कमजोरी बढ्न सक्छ
भोलाटीलिटी
घट्दो क्रममा
ठूलो चालको तयारीको संकेत
दायरा अवधि
~४ हप्ता
साँघुरो समेकन जारी
NEPSE — मध्यम अवधि चार्ट
Mid-Term
NEPSE Mid-Term Chart
०३

छोटो अवधिको प्रवृत्ति

छोटो अवधिमा २०-दिन, ५०-दिन र २००-दिनका SMA हरु फ्ल्याट हुँदै गएको देखिन्छ। मूल्य यी मुभिङ एभरेज वरिपरि घुमिरहेको छ। यसको अर्थ बजारमा अहिले स्पष्ट दिशा छैन।

NEPSE — दैनिक चाल
Daily Move
NEPSE Daily Chart — June 7, 2026
ध्यान दिनुहोस्: जब प्रमुख मुभिङ एभरेजहरु फ्ल्याट हुन्छन्, त्यस्तो बजारमा ट्रेन्ड-फलोइङ सिग्नल्स कमजोर हुन सक्छन् र फल्स सिग्नल्स बढी आउन सक्छन्। केवल इन्डेक्स मुभमेन्ट हेरेर आक्रामक निर्णय लिनु उपयुक्त हुँदैन।

बजारको व्यवहार

हाल नेप्से पूर्ण रूपमा दिशाहीन र दायराभित्र सीमित देखिन्छ। यस्तो बजारमा सबै शेयर एकैसाथ बढ्दैनन्। केही सेक्टर र केही स्टक मात्र तुलनात्मक रूपमा बलियो देखिन सक्छन्। त्यसैले अहिलेको अवस्थामा इन्डेक्स भन्दा बढी मोमेन्टम भएका सेक्टर र स्टकमा ध्यान दिनु उपयुक्त हुन्छ।

प्राथमिकतामा राख्न सकिने: बलियो सेक्टर, राम्रो रिलेटिभ स्ट्रेन्थ भएका स्टक, भोल्युम सपोर्ट देखिएका स्टक र महत्वपूर्ण रेजिस्टेन्स माथि टिक्न सफल स्टकहरू।
०४

रणनीतिक दृष्टिकोण

बजारको प्रकृति अनुसार फरक-फरक लगानीकर्ताका लागि फरक रणनीति उपयुक्त हुन्छ। तलको तालिकाले विभिन्न प्रकारका लगानीकर्ताका लागि उपयुक्त कार्ययोजना देखाउँछ।

लगानीकर्ता प्रकार रणनीति मुख्य स्तर जोखिम
आक्रामक ट्रेडर सपोर्ट/रेजिस्टेन्स क्षेत्र प्रयोग २,७१७ / २,८०२ उच्च
सतर्क लगानीकर्ता स्पष्ट ब्रेकआउट/ब्रेकडाउन पर्खनु २,८०२+ / २,७१७− मध्यम
दीर्घकालीन लगानीकर्ता सेक्टर रोटेसन र स्टक छनोट मोमेन्टम स्टक न्यून
रिस्क म्यानेजमेन्ट अनिवार्य: रेन्ज-बाउन्ड मार्केटमा फल्स ब्रेकआउट वा फल्स ब्रेकडाउनको सम्भावना बढी हुन्छ। स्टपलस अनिवार्य रूपमा राख्नु आवश्यक छ।
निष्कर्ष

बजार दिशाहीन,
तर ठूलो चाल
नजिक

समग्रमा नेप्से हाल २,४४२–३,०४८ को फराकिलो दायराभित्र छ। पछिल्ला चार हप्तामा बजार २,७१७–२,८०२ को साँघुरो दायरामा सीमित भएको छ। यसले बजारमा भोलाटीलिटि घट्दै गएको र आगामी दिनमा ठूलो चाल आउन सक्ने सम्भावना देखाउँछ।

यस अवस्थामा मुख्य रणनीति: इन्डेक्समा आक्रामक निर्णय लिनुभन्दा मोमेन्टम भएका सेक्टर र स्टक छनोट गर्नु, सपोर्ट–रेजिस्टेन्सको सम्मान गर्नु, रिस्क म्यानेजमेन्ट अपनाउनु र स्पष्ट कन्फर्मेसन पर्खिनु हो।

दायरा: २,४४२–३,०४८ साँघुरो: २,७१७–२,८०२ ब्रेकआऊट: ३,०४८+ ब्रेकडाउन: २,७१७−
₨1,597 ₨1,888
Save 15% — pre-book only Pre-Book My Copy Now Download Syllabus
Secure payment · Delivery across Nepal · Limited stock

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top