पुस्तकको संक्षिप्त परिचय सुन्नुहोस्
Science of Technical Analysis प्राविधिक विश्लेषणको विज्ञान
पुँजी बजारलाई मूल्य, कारोबार परिमाण (Volume), प्रवृत्ति (Trend), बजार संरचना, लगानीकर्ताको मनोविज्ञान, जोखिम व्यवस्थापन र रणनीतिक निर्णय प्रक्रियासँग जोडेर बुझाउने यो एक व्यवस्थित, व्यावसायिक र गहिरो अध्ययन सामग्री हो।
यस पुस्तकले प्राविधिक विश्लेषणलाई केवल चार्ट, इन्डिकेटर वा प्याटर्नको सतही अध्ययनमा मात्र सीमित राख्दैन। यसले माग र आपूर्ति, डर र लोभ, बजार सहभागीहरूको मनोविज्ञान, मोमेन्टम, सेन्टिमेन्ट, बजार चक्र, भोलाटिलिटी र ट्रेड व्यवस्थापनको सम्पूर्ण विश्लेषणात्मक प्रणालीलाई मिहीन ढंगले व्याख्या गर्दछ।
यस पुस्तकमा समेटिएका प्रमुख विषयवस्तुहरू:
खण्ड १: प्राविधिक विश्लेषणको आधार र बजार संयन्त्र
प्राविधिक विश्लेषणको परिचय, यसका प्रमुख मान्यता, इतिहास, वित्तीय बजारको संरचना, वैकल्पिक बजार सिद्धान्त तथा डाउ थ्योरी (Dow Theory) मार्फत बजार अध्ययनको बलियो जग यस खण्डमा तयार पारिएको छ।
खण्ड २: चार्टिङ, प्रवृत्ति र बजार संरचना
चार्टिङका सिद्धान्त, टाइमफ्रेम (Timeframe), चार्टका प्रकार, ट्रेन्ड, सपोर्ट–रेसिस्टेन्स र फिबोनाची (Fibonacci) फ्रेमवर्कलाई व्यावहारिक दृष्टिकोणसहित प्रस्तुत गरिएको छ।
खण्ड ३: क्लासिकल चार्ट प्याटर्न
बजारमा बन्ने रिभर्सल, कन्टिन्युएसन र ग्याप जस्ता प्रमुख चार्ट प्याटर्नहरूलाई माग–आपूर्ति र बजार मनोविज्ञानसँग जोडेर सरल रूपमा व्याख्या गरिएको छ।
खण्ड ४: क्यान्डलस्टिक र प्राइस एक्सन विश्लेषण
क्यान्डलस्टिकको संरचना, डोजी, रिभर्सल तथा कन्टिन्युएसन प्याटर्न र मूल्य चाल (Price Action) को गहिरो अध्ययन यस खण्डमा समावेश छ।
खण्ड ५: प्राविधिक इन्डिकेटर र मोमेन्टम एनालिटिक्स
मुभिङ एभरेज, MACD, ROC, RSI, Stochastic जस्ता प्रमुख इन्डिकेटरहरू र डाइभर्जेन्सलाई मूल्य चालको पुष्टि तथा मोमेन्टम बुझ्न कसरी प्रयोग गर्ने भन्ने ढाँचा यसमा प्रस्तुत गरिएको छ।
खण्ड ६: भोल्युम, सेन्टिमेन्ट र व्यावहारिक वित्तशास्त्र (Behavioral Finance)
भोल्युम र मूल्यबीचको सम्बन्ध, बजारको सेन्टिमेन्ट, डर र लोभको मनोविज्ञान तथा लगानीकर्ताका व्यावहारिक पूर्वाग्रहहरूलाई बजार विश्लेषणको महत्त्वपूर्ण कडीका रूपमा समेटिएको छ।
खण्ड ७: बजार चक्र, भोलाटिलिटी र क्वान्टिटेटिभ फ्रेमवर्क
बजार चक्र, समष्टिगत अर्थतन्त्रसँग यसको सम्बन्ध, रिलेटिभ स्ट्रेन्थ, भोलाटिलिटी र क्वान्टिटेटिभ विश्लेषण प्रक्रियालाई व्यवस्थित रूपमा बुझाइएको छ।
खण्ड ८: ट्रेड व्यवस्थापन र रणनीति निर्माण
सफल ट्रेडिङका लागि नभई नहुने ट्रेड सेटअप, जोखिम–प्रतिफल अनुपात (Risk-Reward Ratio), स्टप लस, पोजिसन साइजिङ, ट्रेलिङ स्टप र एक्जिट रणनीतिमार्फत अनुशासित निर्णय प्रणाली विकास गर्न मार्गदर्शन गरिएको छ।
यो पुस्तक कसका लागि ?
यो पुस्तक ट्रेडर, लगानीकर्ता, वित्तशास्त्रका विद्यार्थी, प्राविधिक तथा बजार विश्लेषक, पोर्टफोलियो र कोष व्यवस्थापक लगायत पुँजी बजारलाई गहिरो, वस्तुनिष्ठ र व्यावसायिक दृष्टिकोणबाट बुझ्न चाहने जोकोहीका लागि एक उत्कृष्ट र अनिवार्य मार्गदर्शक हुनेछ।
“अन्दाजको भरमा होइन, संरचना र तथ्यमा आधारित ट्रेडिङ यात्राको सुरुवात !”



